एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुरु : राष्ट्रपति पौडेलद्वारा उद्घाटन

140
shares

काठमाडौँ । मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्नुभएको छ । पानसमा बत्ति तथा क्यानभासमा रङ लगाई उद्घाटन गर्नुका साथै प्रदर्शनीमा राखिएका चित्रहरुसमेत राष्ट्रपति पौडेलले अवलोकन गर्नुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपाल तथा विश्वका प्रसिद्ध चित्रकारहरुको सहभागितामा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को आयोजना गरेर इतिहासको विरासतलाई वर्तमान यथार्थमा परिणत गर्न सफल भएको साथै नगरपालिकाले समग्र खोटाङ जिल्लाको मूलभूत प्राकृतिक र सांस्कृतिक सम्पदालाई चित्रकलामा उतारेर एकातर्फ नेपाललाई चिनाएको छ भने अर्कोतर्फ प्रकृति र संस्कृतिलाई चिनाउन सफल भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताउनुभयो।

यस चित्रकलाको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन त्यसबाट सहयोग पुग्ने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । साथै प्रदर्शनमा राखिएको चित्रलाई पुःन दिक्तेलमा लगी संग्रहालय बनाएर राख्ने योजना बनाइएकोसमेत नगरप्रमुख भट्टराईले बताउनुभयो ।

नेपाल, अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युक्रेन र भियतनामसहित १४ देशका ४३ जना वरिष्ठ चित्रकारहरूको सहभागितामा सम्पन्न भएका चित्रकला कार्यशाला र ५० देशभन्दा बढीका चित्रकारद्वारा सिर्जना गरिएका चित्रसहित वृहत चित्रहरु प्रदर्शनी गरिएको छ ।

नगरप्रमुख भट्टराईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय रामकुमार राई, सरस्वती बजिमय लगायतको उपस्थिति रहेको थियो ।

चित्रकला प्रदर्शनी यही फागुन ५ गतेदेखि १७ गतेसम्म सञ्चालन रहने छ । चित्रकला प्रदर्शनी अवलकोनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।