• २०८१ मङ्सिर ६ गते बिहिवार

काठमाडौं: कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सनाखत भएका मृतकमा नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी, रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

यस्तै मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, पुनरवास नगरपालिकाका किन भट्ट, भीमदत्त-४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त-१६ का सञ्जु थापा रहेका छन् । यसैगरी त्यस्तै पुनरवास-९ का बिसफाटा विमलादेवी भट्ट र भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त- २ का सुदीप भट्टको पहिचान खुलेको छ ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु-प-प्र-०२-००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ भने अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अखबार नेपालबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *