काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

हलेसी तुवाचुङ नगरपालिकाको प्राङ्गणमा फागुन ३ गते सार्वजनिक सुनुवाई हुँदै

1.11K
shares

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले यही फागुन ३ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति बजेट तथा कार्यक्रम सेवा प्रवाह, विकास निर्माणको विषयमा पारदर्शीता कायम गर्न तथा जानकारी दिन सार्वजनिक सुनुवाइ गर्ने तयारी गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही, स्थानीय राजनीतिक दल, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सार्वजनिक सेवा प्रवाह गर्ने विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रमुख तथा प्रतिनिधि, सामुदायिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, नागरिक समाजका प्रतिनिधि तथा नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सबै नगरवासी नागरिकलाई सूचनामार्फत निमन्त्रणा गरिएको प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठीद्वारा जारी सूचनामार्फत जानकारी दिइएको छ ।

सार्वजनिक सुनुवाई यही फागुन ३ गते बिहिबारका दिन बिहान ११ बजेदेखि नगरपालिकाको प्राङ्गण, दुर्छिममा हुने छ ।

नगरपालिकाद्वारा जारी सूचना