काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेशिए

1.37K
shares

काठमाडौँ : एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेशिएको अध्यागमन विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १६ लाख तीन हजार ८३६ नेपाली विदेश गएको उल्लेख छ ।

विदेशीनेहरु मध्ये सबैभन्दा बढी दुई लाख ७१ हजार ८८ जना संयुक्त अरब एमिरेट्स ९यूएई०, भारत जानेको संख्या एक लाख ८० हजार ६०२ र कतार जानेको संख्या एक लाख ७९ हजार ४४१ पुगेको छ ।

त्यसैगरी मलेसिया एक लाख ६५ हजार २०१, साउदी अरेबिया एक लाख ३६ हजार २०३ तथा अष्ट्रेलिया एक लाख ५ हजार ३४३ रहेका छन् ।

विभागका अनुसार सन् २०२३ मा स्थायी बसोबास गर्ने उद्देश्यले ७० हजार ९१५ नेपाली विदेश गएका छन् । जसमा पुरुष ३६ हजार ६६३ र महिला ३४ हजार २५१ छन् । विभागको तथ्याङ्कअनुसार युद्धग्रस्त देश रुस जाने नेपालीको संख्या एक हजार ७९५ रहेको छ भने ९५ जना युक्रेन पुगेका छन् ।

यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट जानेहरूको मात्र हो ।