काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्नका लागि नेपाली टोली घोषणा

1.31K
shares

काठमाडौँ : आईसीसी यू-१९ क्रिकेट विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

जनवरी १९ देखि दक्षिण अफ्रिकामा हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्याण्ड छन् । नेपालले जनवरी २१ मा न्युजिल्याण्डविरुद्ध खेल्दै प्रतियोगिताको शुरू गर्नेछ ।

आईसीसी यू-१९ क्रिकेट विश्वकप खेल्ने टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, विशालविक्रम केसी, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, दिपकप्रसाद डुम्रे, सुभाष भण्डारी, दिपक बोहरा, विपिन रावल, उत्तम रंगु थापा, तिलकराज भण्डारी, दिपक बोहरा र आकाश चन्द रहेका छन् ।