नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

पूर्वमन्त्री किरातीसहित पहिचानवादी नेता पक्राउ

1.58K
shares

खोटाङ: पहिचानवादी नेता एवं पूर्वमन्त्री गोपाल किराँती सहित पहिचनावादीको एक समूहलाई नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काका अनुसार नेकपा एमालेको मध्यपहाडी अभियानमा अवरोध गर्ने गरी आन्दोलनमा उत्रिएर प्रदेश बन्द गराउँदै हिँडेका उनीहरूलाई खोटाङ प्रहरीले पक्राउ गरेको हो ।

एमालेको अभियान रामेछापको मन्थली हुँदै मंगलबार सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको हर्कपुरतिर प्रवेश गरिरहँदा पहिचनावादी आन्दोलनमा उत्रिएका हुन् ।

एमालेको कार्यक्रमलाई प्रभावित गर्ने गरी बन्दसमेत गर्दै हिँडेको समूह प्रहरीको नियन्त्रणमा परेको हो । उनीहरूले पूर्वनिर्धारित कार्यक्रम भन्दै एमालेको कार्यक्रमलाई अवरोध प्रयास गरेका छन् ।