एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

खोटाङ प्रतिभा–२०८० सम्पन्न : गायनतर्फ हलेसी तुवाचुङका आश्विन राई र नृत्यतर्फ खोटेहाङकी कविता श्रेष्ठ उत्कृष्ट

196
shares

काठमाडौँ । खोटाङ कलाकार समाजको आयोजनामा सोमबार काठमाडौँको जमल स्थित राष्ट्रि नाचघरमा आयोजित भव्य समारोहका बिच खोटाङ प्रतिभा २०८० को फाइनल छनोट कार्यक्रम सम्पन्न भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रमबाट गायन तथा नृत्यबाट खोटाङ प्रतिभा २०८० छनौट गरिएको हो ।

गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका अस्विन राई प्रथम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोश्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेश्रो भएका छन् ।

त्यसैगरी नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ प्रथम, बराहपोखरी गाउँपालिकाका सुवाश बिश्वकर्मा दोश्रो र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका मनिता राई तेश्रो भएकी छन् ।

खोटाङका १० स्थानीय तहबाट गायन र नृत्यबाट छानिएका एक एक जना प्रतिभाहरुलाई फाइनल छनोटका लागि प्रतिष्पर्धामा लगिएको थियो । गायन तथा नृत्यमा प्रथमलाई दुई लाख दुई हजार, द्वितियलाई एक लाख एक हजार र तृतीयलाई ५१ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

खोटाङ जिल्लाका गाउँ, वस्ती र नगरमा ओझेल परेर रहेका प्रतिभाहरु खोजी गरी उनीहरुको कलालाई जिल्ला तथा देशव्यपी रुपमा चिनाउने लक्ष्यका साथ खोटाङ प्रतिभा २०८० आयोजना गरिएको हो ।