नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु

1.61K
shares

काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् । सहायक विदेशमन्त्री लु एकदिनका लागि आज मात्र नेपाल भ्रमणमा आएका हुन् ।

यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी काठमाडौंमा रहँदा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने समेत दूतावासले जनाएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले अघिल्लो दिन बिहीबार मात्रै लुको भ्रमणका विषयमा औपचारिक जानकारी दिएको थियो । अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासबारे बुझ्ने समेत दूतावासले जनाएको छ ।