एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयद्वारा पुरस्कार वितरण

154
shares

काठमाडौँ : डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयले पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

“बालबालिकाको पठन संस्कृति प्रवर्द्धनमा पुस्तकालयको भूमिका” शीर्षकको निबन्ध प्रतियोगितामा गोविन्द गोपाल खतिवडा (पाँचथर) प्रथम, महेश चौलागाई (दोलखा) द्वितीय, सुगम पुडासैनी (काठमाडाैँ) तृतीय, हुनुभएको थियो । गणेशराज भट्ट (डोटी) तथा खिना सारु (धनकुटा)ले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।

पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्राज्ञ श्री तुलसीप्रसाद भट्टराईले प्रथम, द्वितीय, तृतीय हुनेलाई प्रमाण–पत्र सहित क्रमश पच्चिस हजार, बिस हजार, पन्ध्र हजार र सान्त्वना स्वरुप पाँच हजार पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुस्तकालय प्रमुख भोला कुमार श्रेष्ठले स्वागत मन्तव्य सहित कार्यक्रम संचालन गर्नुभएको थियो । सो कार्यक्रममा पूर्व राजदुत प्रा.डा. श्री मोहन लोहनी, पुस्तकालय विकास समितिका सदस्य तथा शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव श्री दीपक शर्मा, पूर्व अध्यक्ष श्रीमती इन्दिरा दलीले राष्ट्रका लागि डिल्लीरमणको योगदान साथै पठन संस्कृतिको प्रवर्द्धनबाट बालबालिकामा पर्ने सकरात्मक प्रभाव बारे प्रकाश पार्नुभएको थियो ।

विगत केहि वर्षदेखि पुस्तकालयले युवा सर्जकहरु सहभागी हुन पाउने गरी राष्ट्रिय स्तरको निबन्ध प्रतियोगिता गराउँदै आएको छ ।

साभार : डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयकाे फेसबुक पेजबाट