एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

‘भीमफेदीया’द्वारा लिखित कवितासङ्ग्रह “तिल, गङ्गा, गोविन्द” सार्वजनिक

168
shares

काठमाडौँ । तीसको दशकदेखि नै कविता लेखनमा सक्रिय तर जागीर लगायत विभिन्न कारणले लामो समय साहित्यिक परिदृष्यबाट टाडिएका कवि सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ पहिलो कविता कृति लिएर पाठकसमक्ष पुनः झुल्किएका छन् ।

उनको पहिलो कविता सङ्ग्रह ‘तिल गङ्गा गोविन्द’ को प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेद्वारा शुक्रबार काठमाडौँको बसुन्धारा स्थित इन्द्रेणी बाङ्क्वेटमा एक विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

कवि भीमफेदीयाले आफ्नी आमा, फुपू र पिताप्रति समपर्ण गरेको यस कृति उहाँहरुकै नामबाट नामाकरण गरिएको छ । पुस्तकमा कविले आफ्नो जीवनका विभिन्न चरणमा लेखेका १२६ वटा कविता समेटिएका छन्, जसमध्ये नौवटा अङ्ग्रेजी भाषामा समेत छन् ।

विमोचन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यिक पत्रकार घिमिरेले कवि भीमफेदीयाका रचना सरल, बोधगम्य हुनुकासाथै अनेकौं विम्ब र प्रतिकको बोझबाट मुक्त रहेको चर्चा गर्नुभयो । साथै उहाँले विगतमा कवि भीमफेदीयाको विभिन्न प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरुसँग निकट सम्पर्क रहेकोले त्यसका आधारमा उहाँहरुको संस्मरण लेख्न पनि सुझाव दिनुभयो ।
नेपाल साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले विमोचित कविता सँग्रहमा जीवनपरक कविताहरु रहेको बताउँदै साहित्यिक पत्रकारिताका लागि राज्यले बेग्लै व्यवस्था गर्नु जरुरी रहेकोमा जोड दिनुभयो ।

‘शब्दपथ’का सम्पादक साहित्यकार किशोर पहाडीले कवि पौडेलसँग आफ्नो करिव पाँच दशक लामो सम्पर्कको चर्चा गर्दै उनका कविताहरु तिख्खर स्वादका हुने बताउनुभयो ।

लेखक श्रीरामसिंह बस्नेतले प्रस्तुत कविता सङ्ग्रहबाट साहित्यमा कवि भीमफेदीयाको सुखद् पुनरागमन भएको बताउँदै २०३८ देखि २०४२ सम्म प्रकाशित ‘कुरौटे’ साहित्यिक पत्रिका कवि भीमफेदीयाको साहित्यिक पहिचानको एक अभिन्न पक्ष रहेको चर्चा गर्नुभयो । कृतिकार कवि भीमफेदीयाले आफ्नो जीवनका आरोह–अवरोह, संयोग र वियोगलाई कवितामा व्यक्त गर्ने सानो प्रयास स्वरुप सङ्ग्रह प्रकाशित गर्ने जमर्को गरेको बताउनुभयो ।

कार्यक्रममा राधेश्याम लेकाली, किशोर पहाडी, मुरारी सिग्देल, विमल भौकाजी, पारु तिमिल्सिना तथा स्वयम् कविले विमोचित पुस्तकबाट कविता वाचन गर्नु भएको थियो ।

पारु तिमिस्सिनाद्वारा सञ्चालित उक्त कार्यक्रम सभ्य, भब्य र आकर्षक बनेकाे थियो भने उक्त पुस्तक तयार पार्नका लागि छपाइ तथा प्राविधिक पक्ष ‘मुनलाइट इन्टरनेशन मिडिया प्रा.लि.’ले जिम्मा लिएको थियो । पुस्तकको पेज लेआउट तथा आवरण डिजाइन सन्तोषकुमार दाहालले गरेका हुन् ।

कुल १८० पृष्ठको सो पुस्तकको प्रकाशक वन्दनाकुमारी पौडेल रहनु भएको छ ।