नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

गजल : जगत खड्का ‘दोलखाली’

2.17K
shares

पुरानै हो  दुखेको मन  जलेको खत पुरानै हो
सधैं  हेरेर  तस्विर  सम्झिने  आदत  पुरानै हो

लगाई राख्न मन लाग्छ सह्माली राख्न मन लाग्छ
उडाई  दिन्छ गलबन्दी  हुरीको लत पुरानै हो

किनारामै सीमित देखें मिलनको पल किनाराका
नदीका  यी  किनारा  सङ्गको संगत  पुरानै हो

यहीँ पिरती बसेको हो यहीँ वचपन सकेका हौं
बनेको हो नयाँ आँगन यो घरको छत पुरानै हो

नभेटेको   नदेखेको   युगौं  युग भो उनीलाई
उनी आफ्नै बनून् भन्ने प्रेमिल चाहत पुरानै हो