काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अगाडि बढ्छः प्रधानमन्त्री दाहाल

1.51K
shares

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम अबको एक हप्ता वा दुई हप्ताभित्र समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने बताए ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ । रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि थप प्रक्रिया अघि बढेको छैन ।

साभार : अखबार नेपाल