काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका...

पुरा पढ्नुहाेस्

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

637
shares

जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।

हिन्दूवादी संघसंस्था एवम जनकपुरधामका युवावर्गहरुले रामानन्द चोकमा चक्का जाम गर्नुका साथै नाराबाजी गरेका छन् । उनीहरुले हिन्दू समुदायमाथि लक्ष्ति गरेर भएको कुटपीट तथा गोली चलाइएको विरोधमा नाराबाजी गरेका छन् ।

उनीहरुले सुनसरी एसपी र सिडियो मुर्दाबाद, हिन्दू मार्न पाउँदैन, हिन्दू एकता जिन्दावाद, हिन्दूलाई न्याय दे लगायतका नारा लगाएका छन् ।

पटक पटक हिन्दू समुदायमाथि चाडपर्वका बेला मुस्लिम समुदायले योजना बनाएर कुनै न कुनै अप्रीय घटना घटाउने गरेको भन्दै हिन्दूहरु अब एक जुट हुनुको विकल्प नरेहको उनीहरुको भनाई छ ।

उनीहरुले झडप सुरु भएको समय बत्ती काटिनु, र प्रहरीले पनि गोली चलाउँदा उल्टै हिन्दू युवालाई नै लाग्नुले यो घटना नियोजित रहेको आरोप लगाएका छन् ।

सुनसरीको कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद उत्पन्न भएपछि झडप भएको थियो । उक्त झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।