नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की

483
shares

काठमाडौं । अमेरिका र इजरायलसँगको द्वन्द्व चौथो हप्तामा प्रवेश गरेसँगै इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने धम्की दिएको छ । इरानी सशस्त्र बलको मुख्यालयले यदि अमेरिकाले इरानको ऊर्जा सुविधाहरूमा बमबारी गरेमा प्रतिशोधस्वरुप जलसन्धि बन्द गर्ने चेतावनी दिएको हो ।

इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले अमेरिकालाई चेतावनी दिँदै यदि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण भएमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य बजेट लगानी गर्ने वित्तीय संस्थाहरू र पूर्वाधारहरूलाई वैध निशाना बनाइने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल एक्समा लेख्दै भन्नुभएको छ,‘हाम्रो ऊर्जा केन्द्रमा प्रहार भएमा यस क्षेत्रका सबै तेल र ऊर्जा सुविधाहरू नष्ट गरिनेछ र तेलको मूल्य लामो समयसम्म उच्च रहनेछ ।’ उहाँले अमेरिकी ट्रेजरी बण्ड खरिद गर्नेहरूलाई समेत सचेत गराउँदै ती क्षेत्रमा निगरानी गरिरहेको उल्लेख गर्नुभएको छ ।

यसअघि अमेरिकी राष्ट्रपतिले ४८ घण्टाभित्र हर्मुज जलसन्धि ढुवानीका लागि नखुलाइए इरानी पूर्वाधारमा बमबारी गर्ने चेतावनी दिनुभएको थियो । अमेरिकी सेन्ट्रकमले अन्तर्राष्ट्रिय जहाज सञ्चालनमा बाधा पुर्‍ याउने इरानी नौसैनिक लक्ष्यहरूलाई नष्ट गरिरहेको जनाएको छ ।

यसैबीच, इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार तेहरानका विभिन्न रणनीतिक स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । आईडीएफका अनुसार तेहरानमा रहेका सैन्य तालिम केन्द्र, मिसाइल भण्डारण गृह, हतियार उत्पादन स्थल र गुप्तचर मन्त्रालयको मुख्यालयमा क्षति पुर्‍ याइएको छ ।

इरानले इजरायलमा गरेको पछिल्लो ब्यालिस्टिक मिसाइल आक्रमणका कारण मध्य इजरायलमा १५ जना घाइते भएका छन् भने कैयौं घर र सडकमा क्षति पुगेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई ‘सभ्यता र स्वतन्त्र विश्वको शत्रु’को संज्ञा दिँदै अमेरिका र इजरायलले इरानी आतंकवादी शासनविरुद्ध कडा शक्ति प्रयोग गरिरहने बताउनुभएको छ ।

पछिल्लो समय विकसित यी घटनाक्रमले मध्यपूर्वमा ठूलो युद्धको खतरा बढाइदिएको छ, जसले विश्वको ऊर्जा आपूर्ति र आर्थिक स्थिरतामा गम्भीर असर पार्ने देखिएको छ ।