नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

दुई दिनमै सुन प्रतितोला १९ हजार घट्यो

1.75K
shares

काठमाडौं । नेपाली बजारमा दुई दिनमै सुन प्रतितोला १९ हजारले घटेको छ ।

आइतबार प्रतितोला १२ हजार ५ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ६ हजार ५ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला चार हजार पाँच सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला चार हजार चार सय २५ कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।