काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

दुई दिनमै सुन प्रतितोला १९ हजार घट्यो

1.19K
shares

काठमाडौं । नेपाली बजारमा दुई दिनमै सुन प्रतितोला १९ हजारले घटेको छ ।

आइतबार प्रतितोला १२ हजार ५ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ६ हजार ५ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला चार हजार पाँच सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला चार हजार चार सय २५ कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।