काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

मुस्ताङ भन्सारको ऐतिहासिक छलाङ : १२ अर्बको आयात हुँदा पौने ६ अर्ब राजस्व संकलन

1.62K
shares

मुस्ताङ । नेपाल-चीन सीमामा रहेको कोरलानाका अन्तर्गतको मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा करिब ६ अर्ब नजिक राजस्व संकलन गरेको छ। भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको उक्त कार्यालयले चैत ७ गतेसम्म ५ अर्ब ७१ करोड १० लाख राजस्व उठाएको जनाएको हो ।

भन्सार प्रमुख रमेश खड्काका अनुसार सो अवधिमा नाकाबाट १२ अर्ब १७ करोड बराबरका वस्तु आयात भएका छन् भने करिब २० करोड ३० लाख मूल्यका सामान चीनतर्फ निर्यात भएका छन् । साथै, कोरलानाकाबाट भित्रिएका २,३४७ वटा विद्युतीय सवारीसाधनको जाँचपास सम्पन्न गरिएको छ।

त्यस्तै, यस अवधिमा १,८०४ वटा मालवाहक कन्टेनर पनि भन्सार प्रक्रिया पूरा गरेर आवतजावत गरेका छन्।

गत असार-साउनमा पहिरोका कारण रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरलानाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो। त्यसपछि भन्सार विभागले यस नाकालाई पूर्ण सञ्चालनमा ल्याएको हो।

पहिले वार्षिक रूपमा न्यून राजस्व संकलन हुने यस भन्सार कार्यालयले असोजयता भने उल्लेखनीय वृद्धि हासिल गरेको जनाएको छ।