नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

गेमिङको नयाँ अवतार : जेडटिई रेडम्याजिक ११ प्रो नेपाली बजारमा, मूल्य १ लाख ६० हजार

644
shares

काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटिईले टप गेमिङ फ्ल्यागसिप स्मार्टफोन रेडम्याजिक ११ प्रो नेपाली बजारमा ल्याउने भएको छ । इनोभेटिभ र हाइ पर्फर्मेन्स स्मार्टफोनहरु प्रदान गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै कम्पनीले ल्याउन लागेको यो स्मार्टफोनले नेपाली प्रयोगकर्ताका लागि मोबाइल गेमिङ अनुभवलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

पावर युजर्स र गेमिङ उत्साहीहरुलाई लक्षित गर्दै ल्याउन लागिएको यस रेडम्याजिक ११ प्रोमा १४४ हर्जको रिफ्रेस रेटसहितको ६.८५ इन्चको एमोलेड डिस्प्ले उपलब्ध हुनेछ, जसले अत्यन्तै स्मुथ भिजुअल्स र इमर्सिभ गेमप्ले अनुभव सुनिश्चित गर्छ । साथै, यस रेडम्याजिक ११ प्रोमा इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र प्रिमियम, पर्फर्मेन्स-केन्द्रित डिजाइन रहने अपेक्षा गरिएको छ ।

पर्फर्मेन्सका हिसाबले रेडम्याजिक ११ प्रो नवीनतम क्वालकम स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेटद्वारा सञ्चालित हुनेछ, जसले फ्ल्यागसिप स्तरको स्पिड र रिस्पोन्सिभनेस प्रदान गर्नेछ । ५० एमपी + ५० एमपी + २ एमपीको ट्रिपल रियर क्यामरा सेटअपका साथै १६ एमपीको फ्रन्ट क्यामरा रहने अपेक्षा गरिएको छ, जसले गेमिङसँगै कन्टेन्ट क्रिएसनका लागि ब्यालेन्सड अनुभव प्रदान गर्नेछ ।

साथै, रेडम्याजिक ११ प्रोमा ७५०० एमएएच ब्याट्री र ८० वाटको अल्ट्रा-फास्ट चार्जिङ सपोर्ट रहनेछ, जसले यसलाई आफ्नो सेग्मेन्टकै सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोनमध्ये एकको रुपमा स्थापित गर्नेछ । एक लाख ६० हजारको हाराहारीमा मूल्य भएको यो फोन प्रि बुकिङका लागि उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।