काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि याम्बालिङ्गको आईपीओ, चैत ११ सम्म आवेदन दिन सकिने

1.3K
shares

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता सेयरमध्ये ७ लाख कित्ता स्थानीयका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ ।

स्थानीयतर्फ सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम स्थानीयका लागि ७ हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २१ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

स्थानीयका लागि आईपीओ छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ७ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।