एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

काठमाडौं-३ मा रास्वपाका राजु पाण्डे अगाडि, कुलमान घिसिङ पछ्याउँदै

518
shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा भइरहेको मतगणनाको पछिल्लो विवरण सार्वजनिक भएको छ। निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार हालसम्म १५ हजार ५ सय ९५ मत गणना सम्पन्न भइसकेको छ ।

अहिलेसम्मको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नले ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ । यस्तै बलिरहेको बिजुलीको चिम चुनाव चिह्नले ४ हजार २ सय २० मत पाएको छ ।

त्यसैगरी नेकपा (एमाले) ले १ हजार २ सय ९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २ हजार १ सय ९० मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टीले १ सय ६५ मत प्राप्त गरेको छ भने हलो चुनाव चिह्नले २ सय ६५ मत प्राप्त गरेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

मतगणना प्रक्रिया अझै जारी रहेको र बाँकी मतको परिणाम क्रमशः सार्वजनिक हुँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काठमाडौं-३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डे, नेपाली कांग्रेसका रमेश अर्याल तथा नेकपा (एमाले) का रामेश्वर फुयाँल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।