एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभा निर्वाचन – २०८२

924
shares

नेपालमा यही २०८२ साल फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेको छ । यो निर्वाचनपछि चयन हुने नेपाल सरकारको नयाँ नेतृत्वले देशमा सुशासन एवम् समृद्धिको बाटो तय गर्नेमा आशावादी बनौं । यो निर्वाचनमा मतदाताले आवेगमा होइन, सुझबुझका साथ मतदान गर्नु अत्यावश्यक छ । समय चलायमान छ । समयसँगै विभिन्न गतिविधि अगाडि बढ्ने गर्छन् । यदि, नेपाल सरकारको विगतका नेतृत्वले इमानदारीपूर्व कर्तव्यनिष्ठ बनेर जिम्मेवारी वहन गरेको भए आज यो अवस्था एवम् निर्वाचन हुने थिएन । सरकारको नेतृत्वमा रहनेले समयको मागबमोजिम चल्न नसक्नु, जनताको भावनालाई महत्त्व नदिनु, पदीय जिम्मेवारीलाई नजरअन्दाज गर्नु, देश र जनताको भलाइभन्दा व्यक्तिगत इगो र स्वार्थमा आकर्षक भएका कारण अहिलेको अवस्थाको सामना गर्नुपरेको हो भन्दा अत्युक्ति नहोला । कुनै पदको अगाडि व्यक्ति गौण हो । अतः कुनै पनि पदको जिम्मेवारीमा रहनेले आफ्नो पदीय मर्यादा कायम गर्नु उसको प्रमुख दायित्व हुन्छ ।

अहिलेको प्रविधिमैत्री विश्व परिवेशमा समृद्ध राष्ट्र निर्माणमा कुनै एकपक्षीय जिम्मेवारी र दायित्वबोध मात्र नभई द्विपक्षीय (जनता र नेता) शिक्षित र सचेत हुन अत्यावश्यक छ । अतः जनतामा सचेतना, अनुशासन, नैतिकता र कर्तव्यपालनाको ज्ञान हुनुपर्छ भने नेतामा इमानदारिता, जिम्मेवारीबोध, पारदर्शिता र दूरदर्शिताको । राष्ट्रको सही नेतृत्व केवल लोकप्रियता वा भाषणकलाले मात्र सम्भव हुँदैन । कुनै पनि राष्ट्रको सही नेतृत्त्वका लागि राजनीतिक अनुभव र संस्कार, कूटनीतिक सम्बन्धको महत्त्व बुझेको, दूरदर्शिता, नैतिकता, इमानदारिता, प्रविधिमैत्री, निर्णायक क्षमता भएको एक जिम्मेवार व्यक्तित्व अपरिहार्य हुन्छ । 

यसर्थ, यो क्षण भनेको जनता जिम्मेवार बनेर सही निर्णय गर्ने क्षण हो । एक जिम्मेवार जनताले छान्ने राष्ट्रको नेतृत्व जबर्जस्त रुपमा वा लहलहैमा बहकिएर क्षणिक लोकप्रियता वा भाषणकलाको आधारमा नभई एक राजनीतिक अनुभव र संस्कार भएको, देश र जनताको भावना बुझेर काम गर्न सक्ने, कूटनीतिक ज्ञान एवम् अनुभव भएको र नेतृत्व एवम् निर्णय क्षमता भएको व्यक्तित्वलाई मतदान गर्नु अपरिहार्य हुन्छ । अतः मतदानको समयमा कुनै आवेग होइन, धैर्यताको आवश्यकता हुन्छ । आजको हाम्रो सही निर्णयले भोलिको हाम्रो देश समृद्ध र हाम्रो भविष्य उज्ज्वल बनाउन अहम् भूमिका खेल्नेछ । 

प्रतिनिधि सभा निर्वाचन – २०८२ को शुभकामना ।