नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

फोहोरलाई स्रोत बनाउँदै व्यासको १४ लाख आम्दानी

1.74K
shares

तनहुँ । व्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्रीबाट चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती सात महिनामै १४ लाख ५० हजार ६११ रुपैयाँ आम्दानी गरेको छ । साउनदेखि माघसम्म संकलित पुनःप्रयोग योग्य वस्तु बिक्रीबाट उक्त आम्दानी भएको हो ।

फोहोर व्यवस्थापनको चुनौती सामना गर्दै आएको नगरपालिकाले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने प्रणाली लागू गरेको जनाएको छ । नगरपालिकाले नकुहिने फोहोरभित्रका सिसा, प्लास्टिक र कागज अलग गरी मेसिनमार्फत कम्प्रेस गरेर बिक्री गर्ने गरेको छ ।

नगरपालिकाले टोल, वडा र विद्यालयस्तरमै पुगेर फोहोर वर्गीकरणसम्बन्धी जनचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । ३२ वर्षसम्म स्थायी समाधान हुन नसकेको फोहोर व्यवस्थापन समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न जग्गा व्यवस्थापनमा पहल भइरहेको पनि नगरपालिकाले जनाएको छ ।