काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

फागुन २१ को निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

1.3K
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गर्नुभएको छ ।

संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने राष्ट्रपति पौडेलले बताउनु भएको हो ।

सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिंदै निर्वाचन सफल बनाउनु पर्ने बताउनुभएको हो । साथै देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।