एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

प्रेमदेव गिरीलाई जगदम्बा–श्री र उपन्यास “उरमाल”लाई मदन पुरस्कार २०८१ अर्पण गरिने

329
shares

काठमाडौँ । मदन पुरस्कार गुठीले २०८१ को जगदम्बा–श्री र मदन पुरस्कारको सूची सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले विगत पाँच दशकदेखि लोक–संस्कृति क्षेत्रमा सक्रिय श्री प्रेमदेव गिरीलाई “लोक भाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान गरेवापत” वर्ष २०८१ सालको जगदम्बा–श्री अर्पण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सोही बैठकले २०८१ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट श्री छुदेन काविमोद्वारा लिखित उपन्यास “उरमाल” पुस्तकलाई मदन पुरस्कार २०८१ अर्पण गर्ने निर्णय गरेको छ ।

यस प्रयोजनका लागि २९९ ओटा पुस्तकहरु प्राप्त भएको र ती मध्ये सात पुस्तकहरु क्रमशः उरमाल (छुदेन काविमो), छालबाटोः कैलाशदेखि गङ्गासम्म (समेश भुसाल), दर्ज्यु संलाप (कुमारी लामा), पञ्चतत्वको पालाम (मनप्रसाद सुब्बा), बहुरुपी (श्रेयज सुवेदी), भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत (सुधीर शर्मा) र हिउँको गीत (तीर्थ गुङ) ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८१’ का निम्ति छनौट भएका थिए ।

मदन पुरस्कार गुठीले नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरुमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति/संस्थालाई जगदम्बा–श्री पुरस्कार अर्पण गर्दै आएको छ ।