नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री ओलीले पाए संसदमा दुई तिहाइ विश्वासको मत

455
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सांसदहरुबाट दुई तिहाइको समर्थन पाउनुभएको छ ।प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ जना सांसदले मतदान गरेका थिए ।

विपक्षमा ७४ मत परेको थियो भने एक मत तटस्थ रहेको थियो । संसदमा २६३ जना सांसदहरु उपस्थित भएका थिए ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका थिए ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेका थिए । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।