काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

७ विकेटले अमेरिकालाई हराउँदै भारत सुपर ८ मा प्रवेश

763
shares

काठमाडौं: ७ विकेटले अमेरिकालाई हराउँदै भारत जारी आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको शीर्ष आठमा स्थान बनाउन सफल भएको छ ।

अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १० बल बाँकी छँदा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । ओपनर विराट कोहलीलाई शुन्य र कप्तान रोहित शर्मालाई तीन रनमा गुमाएको भारतको इनिङ्लाई सुर्यकुमार यादव र सिवम दुवेले सम्हालेका थिए ।

सुर्यकुमारले नटआउट ५० रन बनाए । दुवेले अविजित ३१ रनको योगदान दिए । ऋषव पन्त १८ रन बनाएर आउट भए । ३९ रन र तीन विकेट गुमाएको भारतले त्यसपछि क्रिजमा आएका सुर्यकुमार र सिवमले भारतको इनिङ्स सम्हालेका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाको सुरुवात खराब रह्यो । पहिलो ओभर बलिङ गरेका अर्शदिप सिंहले अमेरिकाको दुई विकेट झारेका थिए । जसमा अमेरिकाले ८ विकेट गुमाएर ११० रनमात्र बनाउन सकेको थियो ।

समूह ‘ए’मा भारत ६ अंक जोडेर सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अंक सहित दोस्रो, पाकिस्तान र क्यानडा समान दुई अंक सहित तेस्रो र चौथों स्थानमा छन् । अमेरिका, पाकिस्तान र क्यानडाको सुपर आठको सम्भावना अन्तिम खेलको नतिजामा भर पर्नेछ ।