काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

त्रिविको ४९औं दिक्षान्त समारोह पुस २ गते हुने

1.27K
shares

काठमाडौँ । पुस २ गते त्रिभुवन विश्वविद्यालको ४९औँ दिक्षान्त समारोह हुने भएको छ । त्रिविले सूचना प्रकाशित गर्दै पुस २ गते दशरथ रंगशालामा यस वर्षको दीक्षान्त समारोह हुने जानकारी दिएको हो ।

दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि त्रिविले यसअघि नै अनलाइन फाराम भराइसकेको छ ।

त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई पुस २ गते बिहान ८ बजेदेखि १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ ।

गाउन र स्कार्फ मंसिर २४ देखि ३० गतेसम्म त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा बल्खुमा वितरण गरिने त्रिविले जानकारी दिएको छ ।

दीक्षान्त समारोहमा विद्यावारिधि र दीक्षान्त पदक र पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू सबभन्दा अगाडिको लाइनमा आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्नेछ ।

कार्यक्रमका बारेमा त्रिविद्वारा सार्वजनिक गरिएकोे सूचना