काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षक तथा कर्मचारीहरुको मापसे परीक्षण गर्ने

903
shares

आर्टिकल्सपेपर, खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षक तथा कर्मचारीहरुका लागि मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ ।

कक्षा सञ्चालनको समयमा विद्यालयका शिक्षक तथा कर्मचारीले नियमित मापसे गरेर कक्षा तथा कार्यालयमा आउने गरेको गुनासोपछि नगरपालिकाले शिक्षक तथा कर्मचारीको मापसे परीक्षणका निमित्त उपकरण खरिद गर्ने भएको हो ।

नगरपालिकाको ९८औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात वटा ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । मापसे परीक्षण गर्ने उपकरण नगरपालिकाभित्रका छ वटा प्रहरीचौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय भएको पनि उनले बताईन् ।

विगतमा पनि वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै मापसे गरेर प्रश्नपत्र शिरानी लगाएर सुतेको घटना रहेको बताउँदै राइले कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत मादक पदार्थ सेवन गरेर कार्यालयमा उपस्थित हुने गरेको गुनासो रहेको बताइन् । यी सबै गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले मापसे परीक्षण गर्ने ब्रेथलाइजर खरिद गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

मादक पदार्थ सेवन गरेर सार्वजनिकस्थलमा हुने झैझगडामा संलग्नको मापसे जाँचमा समेत उपकरणलाई उपयोगमा ल्याउने तयारी छ । मापसे गरेर सार्वजनिकस्थलमा होहल्ला गर्ने सेवाग्राहीको समेत मापसे जाँच हुनेछ ।

मध्यपहाडी लोकमार्गले छोएको नगरपालिकामा चालकले मापसे गरे/नगरेको पत्ता लगाउन समेत उपकरण सहयोगी हुने नगरपालिकाले जनाएको छ ।