काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

एमाले सरकारबाट बाहिरियाे, समर्थन पनि फिर्ता

1.17K
shares

काठमाडौं । नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकार छाड्ने र प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति कार्यान्वयन नगरेको एमालेको भनाइ छ। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि निर्णय भएको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले आइतबार मात्रै परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रद्द गरिदिएका थिए।

प्रधानमन्त्रीले सरकारबाट हटाउने, बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउनेजस्ता अभिव्यक्ति दिएकाले पनि यस्तो निर्णयमा पार्टी पुगेको पौडेलले बताए।

उनले राष्ट्रपति निर्वाचन तयारीमा पार्टी जुटेको र विजयी हुनेसमेत बताए।