काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

वसन्त पञ्चमी : सरस्वती मन्दिर तथा शैक्षिक संस्थामा विशेष कार्यक्रमका साथ सरस्वती पूजाको आयोजना

1.25K
shares

काठमाडौंः आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा । धार्मिक मान्यता अनुसार आज देवी सरस्वतीको जन्मदिन । आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वास छ ।

सूर्य उत्तरतर्फ लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो । विद्यालयमा साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वास गरिन्छ ।

साथै किसानहरुले आजका दिन बारी जोतखन गर्नका लागि प्रयोग गरिने गोरु (साना हुर्किँदै गरेका बाछा) लाई जोत्नका लागि हलो जुवाका साथ बारी जोत्न सिकाउने चलन पनि रहँदै आएको छ । साथ साथै सरस्वती पुजाका दिन जुनसुकै काम गर्नका लागि शुभसाइतको रुपमा मानिने परम्परा रहँदै आएको छ ।

देशभरका सरस्वती मन्दिरमा भीड लाग्नुका साथै विद्यालयमा सरस्वती पूजा भइरहेको छ । सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा र बालबालिकालाई अक्षरारम्भ गराउनेको बाक्लो उपस्थिति छ । अभिभावक पनि विद्याकी देवी सरस्वतीको पूजाआजामा व्यस्त छन् ।