नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

हलेसी महादेव मन्दिर परिसरको वर्णन अब आधिकारिक गाइडबाट

595
shares

खोटाङ । पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका स्थित रहेको प्रसिद्ध धार्मिक स्थल हलेसी महादेव मन्दिरको महत्व बुझाउनका लागि स्थानीय युवालाई पर्यटक गाइड तालिम दिइएको छ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई धार्मिक स्थल हलेसी मन्दिरका बारेमा आधिकारिक महत्व बुझाउँदै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ नगरपालिकाले तालिम दिएको हो ।

हलेसी लगायत आसपासका धार्मिक एवं पर्यटकीयस्थल तुवाचुङ–जयाजुम, ताराखसे लगायतका पर्यटकीयस्थललाई आ–आफ्नै धारणाअनुसार वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ । यसले गर्दा त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषय विज्ञलाई झिकाएर नगरपालिकाले पर्यटक गाइड तालिम दिएको र आगामी दिनमा आधिकारिक गाइडबाट मात्रै हलेसीको वर्णन गरिने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताउनुभयो ।

प्राकृतिक रूपमा समेत प्रसिद्ध हलेसीको हिन्दु, बौद्ध र किराँत तीन वटै धर्मालम्बीको आआफ्नै इतिहास रहेको जानकारहरू बताउँछन्। सोही आधिकारिक जानकारी पर्यटकलाई दिन नगरपालिकाले गाइड राख्ने उद्देश्यले गत पुस २७ गतेदेखि माघ ४ गतेसम्म आठदिने पर्यटक गाइड तालिम दिएको थियो । तालिममा सात महिला र १८ पुरूष गरी २५ जना सहभागी भएका थिए।

नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेज्मेन्ट (एनएटिएच) सँगको सहकार्यमा नगरपालिकाले दिएको तालिमको सहजीकरण एनएटिएचका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सहप्राध्यापक तथा संस्कृतिविद् डा. लोकनाथ दुलाल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किराँत मुन्धुम अध्येता भोगीराज चाम्लिङ राईले गरेका थिए ।