काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

कविता : निष्ठुरी दिन

1.11K
shares

बिहानको
धुम्म आकाश
पशुपतिमा भजन कृतनको गुञ्जायमान
छेउकी वागमति सुसाएकी
स्लेषमान्तक बनका
मृग घाममा निस्किएका
दाहिने तिर
विमान यात्रु र जहाजको
बाक्लै ओहोरदोहोर

आन्तरिक हवाईअड्डा
यात्रु आफ्नो आफ्नो गन्तव्यमा
लम्किरहेका
कसैलाई आउन हतार
कसैलाई जान हतार
कर्मचारीलाई कामको चटारो
प्रशासनलाई सुरक्षाको चासो
सबैमा
खुसीको चहलपहल
यस्तै थियो
आइतवारको माहोल

माघीको दिन
उत्सवको क्षण
कोही आफन्त पर्खिरहेका
कोही परिवार कुरिरहेका
कोही भ्रमणमा निस्किएका
केहीको पहिलो नेपाल अनुभव
फेवातालमा माछापुछ्रेको छायाँ सँगै
तैरिने कौतुहलता
अन्नपूर्णमा हिउँ सँग
लुकामारी खेल्ने चाहना

लुम्ले र घान्द्रुकको चेहरापुञ्जमा
पुलकित हुने आकाङ्क्षा
हिमाल वारि र पारिको
फेदमा चिच्याएर
प्रेमी प्रेमिकालाई
सुनाउन आतुर
कैयन यात्रुहरु

यो आउदो क्षणलाई
साथ दिन
कफीको चुस्कि सँगै
हिमालको दृश्य हेर्दै
यात्रुको आकाङ्क्षामा उत्साहित
अनुभवी चालकदल
काठमाण्डौंको जमिन
छोड्दाको मीठो पल
केही मिनेटको यात्रा
न जमिन न आकाशमा
न माथी न तल

दशौँ मान्छेको आफ्ना
मिश्रित चाहना
जीवन सजाउने अभिरुचि
खुसीको साठगाँठ
सँगै मिल्न आयो
ईश्वरको लैजाने बहाना
यमराजको आदेश
पालन गर्न पुग्यो
त्यो सेतीको खोँच
निष्ठुरी बन्यो
त्यो पोखराको गगन
त्यो दुधिलो पानी
क्षणभर मै
रित्तियो सबको जिन्दगानी
सकियो जिन्दगानी

नम्रता “निराश्रित”