• २०८१ मङ्सिर ९ गते आइतवार

काठमाडौं । सरकारी कार्यालय खुल्ने समय बुधबारदेखि एक घण्टा छोटिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र तामाङका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।

उनका अनुसार बुधबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुने छन् । शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छन् ।

१६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे कार्यालय खुलेर अपराह्न ५ बजेपछि बन्द हुँदै आएको थियो ।

१४ चैत २०७४ मा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले यस्तो नियम बनाएको थियो ।

साभारः अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *