आर्टिकल्सपेपर, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपास (सब–वे) माथि अवैध संरचना भत्काएको छ । आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको संरचना महानगर प्रहरीले भत्काएको हो ।
पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काएको नगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काएको बताए ।
सब–वेमा पैदलयात्रु हिँड्न् सकस हुने गरी थपेर बनाइएका सबै संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।
