नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य छ : प्रचण्ड

1.46K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको बताउनुभएकाे छ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उनले संघीय लोकतान्त्रिक गणतन्त्रलगायत प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयाे ।

‘नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान सदैव महत्वपूर्ण रहँदै आएको छ, उहाँले भन्नुभयाे, ‘आज प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य छ ।’

उहाँले युवाका लागि अवसर सिर्जना गर्दै उनीहरूको क्षमता र प्रतिभालाई देशको विकासमा उपयोग गर्न सबै पक्षले पहल गर्नुपर्ने बताउनुभयाे ।

उहाँले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सम्पूर्ण युवामा शुभकामना व्यक्त गर्नुभएकाे छ ।