आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत...

पुरा पढ्नुहाेस्

मन्त्री सिता बादीको पहलमा खरीपाटी र बोडे होल्डिङ सेन्टरमा अत्यावश्यक सामग्री वितरण

686
shares

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी माननीय मन्त्री सिता बादीको पहल तथा मन्त्रालयको समन्वयमा भक्तपुरस्थित खरीपाटी होल्डिङ सेन्टर र बोडे होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई अत्यावश्यक सामग्री वितरण गरिएको छ ।

संरक्षणमा रहेका व्यक्तिहरूको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा लत्ताकपडा, चप्पललगायतका आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

मन्त्री सिता बादीले संरक्षण आवश्यक पर्ने नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र मानवीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

मन्त्रालयले संरक्षण, सम्मान र सामाजिक सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्दै जोखिममा रहेका तथा सहयोग आवश्यक पर्ने नागरिकहरूका लागि आवश्यक व्यवस्थापन र सेवा प्रवाहलाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको छ ।