काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

रास्वपा सभापति लामिछानेद्वारा भारतमा उच्चस्तरीय भेटवार्ता

2.21K
shares

काठमाडौँ । छिमेकी मुलुक भारतको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुभएको छ ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग विशेष भेटवार्ता गर्नुभएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उक्त भेटघाटमा दुई देशबिचको सीमापार सम्पर्क (क्रस–बर्डर कनेक्टिभिटी) लाई थप सुदृढ बनाउने, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा विपत् व्यवस्थापनका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

यसैगरी, सभापति लामिछाने र भारतीय विदेशमन्त्री एस। जयशंकरबिच पनि भेटघाट गर्नुभएको छ । विदेश मन्त्रालयमा भएको उक्त भेटमा भारतीय विदेश सचिव विक्रम मिस्रीको समेत उपस्थिति थियो ।

यसैगरी, सभापति लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनसँग पनि भेटवार्ता गर्नुभएको छ । भेटमा दुई देशका राजनीतिक दलहरूबिचको सम्बन्ध र सङ्गठन विस्तारका विषयमा केन्द्रित रहेर कुराकानी भएको स्रोतले जनाएको छ ।