आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री साहको अभिव्यक्ति राष्ट्रघाती : पूर्वप्रधानमन्त्री खनाल

1.14K
shares

काठमाडौँ । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएकाले त्यसलाई ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’ भन्दै खनालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनुभएको छ ।

उहाँले नेपाली जनता विगतदेखि नै विदेशी अतिक्रमणविरुद्ध सङ्घर्षरत रहेको उल्लेख गर्दै देशमाथि भइरहेको अतिक्रमणलाई सामान्यीकरण गर्ने वा हलुका बनाउने खालका अभिव्यक्तिले राष्ट्रिय भावनामाथि आघात पुग्ने बताउनु भएको छ ।

उक्त अभिव्यक्तिले देशभित्र र बाहिर रहेका करोडौँ नेपालीको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात गरेको दाबी खनालले गर्नुभएको छ । साथै खनालले ‘यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ भन्दै विरोध जनाउनु भएको छ ।

प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी नमागेसम्म त्यस्ता अभिव्यक्तिको विरोध र भर्त्सना गर्न सम्पूर्ण देशभक्त जनता तथा राजनीतिक शक्तिलाई पूर्वप्रधानमन्त्री खनालले आह्वान गनुभएको छ ।

साथै उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनसमेत सभामुखसँग आग्रह गर्नुभएको छ ।