नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

गीत : हतारिएर हुन्न चाँडो

5.7K
shares

हतारिएर हुन्न चाँडो

महिला:       हतारिएर हुन्न चाँडो‚ तिखारेर हुन्न काँडो

व्यर्थै किन पछि लाग्छौ, पानी पाकी हुन्न फाँडो

पुरुष:        जवानी हो खोला जस्तै, बगिजान्छ पर्खिदैन

आकाशमा छैन बादल, पानी त्यसै बर्सिदैन

महिला:       सुटुक्कै के-के गर्छौ, भुसुक्कै भुलाइदिन्छौ

हुरुक्कै भएँ भन्दै, लुसुक्कै कता भाग्छौ?

पुरुष:        सलाईको काँटी जस्तै, मायाले दियो बालिदिन्छ

माया त झिल्को नै हो, सबै सारा जलाइदिन्छ

महिला:       खहरे जति उर्ले पनि, पुग्ने ठाम समुद्रै हो

माया जति पोखे पनि, तिम्रो माया एकुन्दै हो

पुरुष:        अहिले उमेर नापी बस, अजम्बरी कोही छैन

बैँसलाई च्याँपी बस, बित्तो जोवन आउने छैन

दुवै:         बैँसको बेला यस्तै हो माया, कसले पो यहाँ बुझ्छ र ?

साँचो माया गर्ने नै हो, जुनी जुनी को नै बाँच्छ र !

………………………

–  श्रमिक बराल‚ पोखरा