काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

शनिबारदेखि अवरुद्ध रहेको बिपी राजमार्ग अझै खुल्न सकेन

1.94K
shares

काठमाडौँ । गत शनिबारदेखि अवरुद्ध भएको बिपी राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

गत १२ गते रोशी खोलामा आएको बाढीले बिगारेको डाइभर्सन प्रायः स्थानमा बनाइए तापनि १३ गते पुनः आएको पानीले बनेका डाइभर्सन बगाएको थियो । राजमार्गको चिउरीबास, नार्के र चार सय बेशीमा बनेको डाइभर्सन बगाएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार रोशी खोलाले बगाएका १३ स्थानका डाइभर्सनमध्ये ८ स्थानको डाइभर्सन निर्माण भए पनि आइतबार साँझको पानीले बिगारेको जानकारी दिएको हो । पुनस् आज बिहानदेखि डाइभर्सन बनाउन सुरु भएको जनाइएको छ ।

रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो भने सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।

मौसम सुधारिएमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।