सुकुमवासी बस्ती मनोहराका घर भत्काउँदै
२०८३ वैशाख १३ आइतवार १३:०५
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको टिमले मनोहरा खोला किनारका अव्यवस्थित रुपमा बसोबास रहेको सुकुमवासी बस्तीका घरहरु प्रहरीको कडा सुरक्षा घेराका बीच भत्काइरहेको छ ।
सोही क्रममा प्रहरीले अशक्त र बिरामीहरुलाई सुरक्षित स्थानमा सार्ने कामसमेत गरिरहेको छ । मनोहरा क्षेत्रका घर शनिबार नै भत्काउने प्रयास भए तापनि स्थानीय ढुंगामुढासहित विरोध उत्रिदा केही सुरक्षाकर्मीसमेत घाइते भएका थिए ।
डोजरसहितको नगरपालिकाको टोली आज बिहानै पुनस् मनोहरा क्षेत्रमा घर टहरा भत्काको क्रम जारी छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।





















