काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

अस्पताल सेवा सुधार कार्यविधि २०८२ अनुसार अनुगमन सुरु, ७ दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने

1.11K
shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले मधेश प्रदेशका विभिन्न अस्पतालहरूको स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले वीरगन्ज स्थित नेशनल मेडिकल कलेज सम्बन्धी गुनासोहरूको सत्यतथ्य छानबिन गर्न विशेष टोली खटाएको हो । टोलीमा डा.फणिन्द्र प्रसाद बराल र राज कुमार पाण्डे लगायत रहेका छन् ।

मन्त्रालयका अनुसार टोलीले गजेन्द्रनारायण सिंह अस्पताल, नारायणी अस्पताल तथा मधेश प्रदेशका अन्य प्रदेशस्तरीय अस्पतालहरू (जनकपुर, महोत्तरी लगायत) सँग समन्वय गरी अनुगमन गर्नेछ ।

अनुगमनका क्रममा हालै जारी गरिएको ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ अनुसार सेवा प्रवाह भए-नभएको मूल्यांकन गरिनेछ । साथै, मन्त्रालयले उपलब्ध गराएको चेकलिष्टका आधारमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयका कम्प्युटर अधिकृत सुवास अधिकारीद्वारा जारी सूचनामा मन्त्रालयस्तरीय निर्णयअनुसार उक्त कार्य अगाडि बढाइएको उल्लेख गरिएको छ ।