काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

आइपीओ निष्कासन गर्ने चन्द्रागिरी इन्भेष्टमेन्टको निर्णय, १० करोडको सेयर आउँदै

1.39K
shares

काठमाडौं । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक  सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
हाल कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासनको निर्णयसँगै कम्पनीले सर्वसाधारणलाई आफ्नो लगानीको हिस्सा बनाउने प्रक्रिया अघि बढाएको छ ।

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीहरूलाई चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । यस्तै, सभाले आगामी कार्यकालका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ ।

निर्वाचनबाट राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बीरेन्द्र श्रेष्ठ सञ्चालक पदमा निर्विरोध चयन भएका छन् । सभामा अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो ।

एक होल्डिङ कम्पनीका रूपमा रहेको चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले विभिन्न सम्भावित क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गरिरहेको छ । कम्पनीको लगानी रहेका संस्थाहरूमा इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसान लगायत रहेका छन् । आइपीओ निष्कासन पश्चात संकलित पूँजीलाई थप उत्पादनशील क्षेत्रमा परिचालन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।