नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

सेयर बजार ८३ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

329
shares

काठमाडौं । लगातार गिरावट आएको सेयर बजारमा सोमबार भने उल्लेखनीय सुधार देखिएको छ । नेप्से परिसूचक ८३.३३ अंकले बढ्दै २७६० अंकमा उक्लिएको हो ।

अर्थमन्त्रीको सकारात्मक संकेतसँगै बजारमा लगानीकर्ताको मनोबल बढ्दा सूचक उकालो लागेको विश्लेषण गरिएको छ । यद्यपि, कारोबार रकम भने केही घटेको छ । आइतबार १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १० अर्ब ९२ करोडमा सीमित रह्यो ।

आजको कारोबारमा २६४ कम्पनीका सेयर मूल्य बढेका छन् भने ४ कम्पनीको घटेको छ र एक कम्पनी स्थिर रहेको छ । सबै उपसमूहका सूचक बढेका छन् ।

समूहगत रूपमा हाइड्रोपावर क्षेत्र सबैभन्दा धेरै ४.५९ प्रतिशतले उकालो लागेको छ भने वित्त ४.०३ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ३.१८, विकास बैंक ३.६३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बिमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, लघुवित्त २.४३, निर्जीवन बिमा २.९४, अन्य २.३६ तथा व्यापार समूह २.४० प्रतिशतले वृद्धि भएका छन् ।

आज ८ कम्पनीको सेयर मूल्यमा सर्किट लेभल अर्थात् १० प्रतिशत वृद्धि देखिएको छ । उच्च वृद्धि हुने कम्पनीहरूमा उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन रहेका छन् ।

त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको  सेयर मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ ।

अघिल्लो दिन तीव्र वृद्धि भएको रिलायन्स स्पिनिङ मिल्समा भने सोमबार बिक्री दबाब देखिँदा यसको मूल्य १.६० प्रतिशतले घटेको छ ।