काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

कर्णालीको विकासका लागि निजी क्षेत्रको सक्रियता आवश्यक छ : मुख्यमन्त्री कँडेल

1.15K
shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भएपनि अपेक्षित रूपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको उल्लेख गर्नुभयो।

मुख्यमन्त्री कँडेलले कर्णाली प्राकृतिक स्रोत, कृषि, पर्यटन तथा जलस्रोतका दृष्टिले धनी प्रदेश भएको भन्दै यिनै क्षेत्रलाई आधार बनाएर आर्थिक विकासको ढोका खोल्न सकिने बताउनुभयो । ‘कर्णालीमा अवसर धेरै छन्, तर ती अवसरलाई पहिचान गरेर लगानी गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘निजी क्षेत्रले जोखिम लिन सके प्रदेशको आर्थिक समृद्धि सम्भव छ ।’ उहाँले परम्परागत रूपमा तयारी वस्तु बेच्ने प्रवृत्तिबाट बाहिर निस्केर उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
‘हामीले उत्पादन बढाउन सके मात्रै आत्मनिर्भर बन्न सक्छौं,’ कँडेलले भन्नुभयो, ‘कृषि, जडीबुटी, जलविद्युत र पर्यटनमा ठूलो सम्भावना छ, यसमा निजी क्षेत्रले लगानी बढाउनु पर्छ ।’
सरकार निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
लगानीकर्तालाई प्रोत्साहन, नीतिगत सुधार तथा आवश्यक पूर्वाधार विकासमा सरकार लागिपरेको मुख्यमन्त्री कँडेलको भनाइ छ ।
कार्यक्रममा उहाँले सरकारी अनुदानको दुरुपयोग हुने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । अनुदान पाउँदा मात्र काम गर्ने र पछि छोड्ने गलत अभ्यास अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘सरकारी रकमको सदुपयोग हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘काम सकिएपछि छोड्ने होइन, त्यसलाई निरन्तरता दिने दीर्घकालीन सोचका साथ परियोजना सञ्चालन गर्नुपर्छ। ’
मुख्यमन्त्री कँडेलले विकासका लागि सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘विकास एक्लै सम्भव हुँदैन, सबै क्षेत्रको सहकार्यबाट मात्र सम्भव हुन्छ,’ उहाँले भन्नुभयो, ‘कर्णालीलाई समृद्ध बनाउन सबै एकजुट हुनुपर्छ ।’