काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

इन्धन गाडीको आयात घट्दा विद्युतीय गाडीको आकर्षण बढ्दो, ७ महिनामा डेढ अर्बको आयात

1.46K
shares

पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले ९६ करोड ३६ लाख राजस्व संकलन गरेको छ ।

जबकि गत आवको सोही अवधिमा भने ४३ करोड एक लाख मूल्य पर्ने एक सय ६५ वटा विद्युतीय, जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले ३५ करोड ५० लाख राजस्व संकलन गरेको थियो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सात महिनाको तुलनामा विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ । चालु आवको सात महिनामा ८० करोड ५७ लाखका मूल्यका हजार एक सय २८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने ४४ करोड तीन लाख मूल्यका तीन हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको थियो ।

चालु आवको सात महिनामा एक अर्ब १६ करोड १३ लाखका ६ सय नौ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले दुई अर्ब ८६ करोड राजस्व संकलन गरेको छ । जबकि गत आवको सात महिनामा भने एक अर्ब ५० करोड मूल्यका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । सो आवमा इन्धनबाट चल्ने सवारीसाधन आयातबाट तीन अर्ब ७३ करोड राजस्व संकलन भएको थियो ।

कार्यालयले चालु आवको सात महिनामा २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । जबकि गत आवको सात महिनामा १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा १३ अर्ब २६ करोड राजस्व संकलन भएको थियो ।