नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

चालिस बर्षको व्यवसायिक अनुभबी सफल ब्यावसायी दिल सुन्दर श्रेष्ठ

483
shares

नेपालको व्यवसायिक जगतमा अनवरत रूपमा ४० वर्षदेखि सक्रिय रहेका दिल सुन्दर श्रेष्ठ केवल सफल व्यवसायी मात्र नभई समाज, शिक्षा, साहित्य र ब्यवसायिक क्षेत्रमा योगदान पुर्‍याइरहनुभएको व्यक्तित्व हुनुहुन्छ । चार दशकको व्यवसायिक जीवनमा उहाँ व्यक्तिगत लाभभन्दा बढी ‘समाज र मुलुकलाई हरतर्फ योगदान दिनुपर्छ’ भन्ने उद्देश्यका साथ अघि बढ्नुभएको उहाँ चालिस बर्षे व्यवसायिक र सामाजिक जीवनमा देख्न सकिन्छ । त्यसैले उहाँ केवल व्यक्तिगत स्तरमा सीमित नभई सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा साहित्यिक क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा काम गर्दै देश विकासमा योगदान दिँदै आउनुभएको व्यक्तिव हुनुहुन्छ ।

उहाँ, बुबा कृष्ण सुन्दर श्रेष्ठ र आमा कृष्ण प्यारी श्रेष्ठको कोखबाट २०१३ वैशाख १६ गते धुलिखेल, काभ्रेपलान्चोकमा जन्मिनुभएको थियो । प्रारम्भिक विद्यालय शिक्षा पूर्वी पहाडी जिल्ला संखुवासभाबाट प्राप्त गरेका उहाँले आफ्नो जन्म दिने आमाबुवा प्रति सदैव गर्व व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरो हरेक पाइलामा सफलता पाउनमा मेरो अभिभावकले देखाएको सही बाटोको योगदान अमूल्य छ।’

उच्च शिक्षा हासिल गर्न काठमाडौं आएका श्रेष्ठले शंकरदेव कलेजबाट स्नातक तह पुरा गर्नुभएको छ । व्यवस्थापन विषय अध्ययन गर्नुभएको छ । उहाँ लगनशील व्यक्तित्व र व्यवसाय प्रतिको लगाबको कारण भएका कारण उहाँले आफ्नो शैक्षिक योग्यतालाई व्यवहारमा परिणत गर्दै व्यवसायिक क्षेत्रमा लाग्ने निर्णय गर्नुभयो ।

व्यवसायिक जीबनका उकाली ओराली

ग्रामिण क्षेत्र उदयपुरको कटारीबाट व्यवसायिक जीवन प्रारम्भ गरेका उहाँ इन्टरप्राइजेज, बैंकिङ, टेक्सटाइल, समुन्द्रपार आयात-निर्यात र जलविद्युत क्षेत्रमा लगानी गरि आज राष्ट्रिय रुपमा स्थापित ब्यक्तिव्को रुपमा रहनुभएको उहाँले राष्ट्रिय रुपाम समुन्द्रपार आयात-निर्यात व्यवसाय सुरु गर्नुभएको उहाँ आज बहुक्षेत्रका स्थापित ब्यासायीका रुपमा आफ्नो परिचय बनाउनुभएको छ ।

उहाँ अन्य ब्यासायिक क्षेत्रमाआफ्नो लगानि हुँदा हुँदै पनि नाफाको लागि मात्र नभएर स्रोत पनि आफनै साधन पनि आफनै र उपभोगकर्ता पनि स्वदेशी, दक्षजनशक्ति, श्रमिक लगायतका सम्पूर्ण व्यक्तिहरु पनि आफनै नेपाली दाजु भाइ भए सँगै उहाँले जलविद्युत क्षेत्रमा लगानी गरेको बताउनुभयो ।

उहाँले आफ्नो प्रत्यक्ष नेतृत्वमा आर.एम. इन्भेष्टमेन्ट लिमिटेड स्थापना गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुभयो । यो समुह अन्तर्गत हाल करिब ६०० मेगावाट क्षमताका जलविद्युत परियोजना सञ्चालनमा छन् । कति पय आयोजनाको ब्यसायिक उत्पाद सूरु भएको छ बने कति पय निर्माणको चरणाम रहेका छन् । यस समुहका परियोजनामा धुसाखोला हाइड्रोपावर (१५५ मेगावाट), बलेफि हाइड्रोपावर, बिन्धवासिनी हाइड्रोपावर र पिपल्स हाइड्रोपावर कम्पनी लगायत छन् । श्रेष्ठको व्यवसायिक जीबन गाऊ र शहर दुबै तिर सनानन्तर रुपमा बढाएका छन् । यसबाट उहाँ गाउँ-सहर दुवैको आर्थिक-सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले काम गरिरक्नुभएको छ भन्ने देख्न सकिन्छ । यसैको ज्वलन्त उदाहरण २० वर्षअघि उहाँले आफ्नो नेतृत्वमा स्थापना गरेको अरनिको विकास बैंकलाई बुझ्न सकिन्छ । उहाँले स्थापना गरेको बैङकको केन्द्र कार्यलय र शाखा कार्यालय नै काठमाण्डौ बाहिर राख्नुभएको थियो । उनले त्यो समयमा बैंक बित्त संस्था नपुगको काभ्रे र सिन्धुलीलाई आफ्नो बैंकको प्रमुख कार्यक्षेत्र बनाएर ग्रामीण क्षेत्रको वित्तीय पहुँच विस्तार र रोजगारी श्रजनाको लागि योगदान गर्नुभएको थियो । सो बैंक अहिले नेपाल राष्ट्र बैंकको नीति अनुसार सेन्चुरी कमर्सियल हुँदै बैंकमा गाभिएको छ।

व्यवसायिक सिद्धान्त र जीवनशैली

सरल, सहज र विनम्र स्वभावका श्रेष्ठले कहिल्यै ब्यासायिक जीबन या ब्यक्तिगत जीबनमा दम्भ देखाउनुभएन आफुलाई भुई मान्छेको प्रतिनिधिको रुपमा स्थापित गरिरहनुभएको छ । उहाँ गाउँ-सहर सबैसँग सौहार्दपूर्ण सम्बन्ध राख्नुहुन्छ । उहाँको सम्बन्ध यस्तो छ कि आजको दिनमा देशभरिबाट पनि नयाँ व्यवसाय सञ्चालन गर्नेदेखि ठूला व्यवसायीसम्म सबैले सल्लाह लिन उहाँसँग आउने गरेका छन् । उहाँ नेपालको पुर्बी पहाडी जिल्ला उदयपुरको कटारीमा व्यवसाय गर्दा उहाँको सम्पक भएका र संगतमा आई उहाँको प्रभाबबाट ब्यासायी बनेका सोलु,खोटाङ, र ओखलढुंगामा सफल ब्यासायी बनेका कतिपय उदाहरण आजको दिनमा पनि जीबन्त रहेको देख्न सकिन्छ ।

उहाँको यो निरन्तरता आज पनि कायम छ उहाँको सँगतमा पुगेका र ब्यासाय गरेका कोहिपनि मानिस असफल बनेको छैन । उहाँ कसैपलाई पनि सानो ठुला व्यवहार गर्दा समान व्यवहार गर्नुहुन्छ कसैले कुनै समस्या राखेमा यो मेरो पनि समस्या हो भनि समाधानको प्रयत्न गर्नुहुन्छ । उहाँ आफुसँगै आफ्नो ठिमलाईनै सफल ब्यासायी बनाएका ब्यासायी हुन् , उहाँको ब्यासायमा सामुहिकाता देखिन्छ ।

उहाँ भन्नुहुन्छ, ‘जीवनमा कहिल्यै दम्भ र आडम्बर राख्नु हुँदैन, यसले आफैलाई हानी गर्छ।’ उहाँको त्यही सरल स्वाभाव ब्यासायिक दक्षता मिजासिलोपनाको कारण उनी ब्यासायीक जीबन देखि नै ब्यासायीले बिस्वास गरेकै कारण नेतृत्वमा अनबरत रुपमा रहनुभएको छ । त्यसैको प्रतिफल स्वरुप आज उहाँ नेपालको स्थापित ब्यासायीहरुको साझा संस्था नेपाल उधोग बाणिज्य महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षको उमेद्वार बनेर देश ब्यापी रुपमा चुनावी अभियानमा ब्यस्त रहनुभएको छ ।

उहाँको व्यवसायिक दृष्टिकोण सधैं समुदायको आर्थिक-सामाजिक विकाससँग जोडिएको देखिन्छ । उहाँ गाउँ र शहरको समन्वयमा विकास हुनुपर्ने विश्वास राख्नुहुन्छ ।

उहाँको ब्यासायीक सफलता नेतृत्व कौशलता समन्यकारी भुमिकाका कारणधैभरि ब्यासायिक नेतृत्वको आँखामा पर्छन र ब्यासायीको निर्बाचनमा उहाँलाई आफ्नो समुहमा लिन प्रतिस्पार्धा नै चल्छ । उहाँ निस्वार्थ सहयोगी व्यवसायीका रुपमा चिनिनुहुन्छ । कुनैपनि व्यवसायीले आफ्नो वा संस्थाको समस्याको बारेमा सहयोग मागेमा राज्य तहमा आफ्ना कुरा पुर्‍याउने र सामधा गराउने बिषय जुनसजुकै कुरामा सहज रुपमा उपस्थित भएर काम गर्ने उहाँको परिचय हो । उहाँको यहि सरलपान, सहयोगी भावना आफ्ना र ब्यासायका कुरा जुन सुकै तह र ब्याक्तिमा पुर्‍याउन सक्ने क्षमताका कारण जिल्ला नगरका ब्यासायीको पहिलो रोजाईमा उहाँ पर्ने गर्नुभएको छ ।

उहाँ राष्ट्रिय उध्यमीका रुपमा स्थापित रहँदा पनि उहाँले ४० बर्ष अघि आफुलाइ ब्यासायीको नेतृत्वमा स्थापित गराएको पृष्ठभुमि जिल्ला नगर उधोगीका नेताका रुपमा पहिचान कायम राक्दै नेतृत्व गरिरहनुभएको छ । बिगतमा पनि उहाँ नेपाल उधोग बाणिज्य महासंघको नेतृत्वमा आउदा जिल्ला नगरको प्रतिनिधिको रुपमा आउने गर्नुभएको छ ।

सामाजिक जीवन,साहित्यिक क्षेत्र र पत्रकारिता

श्रेष्ठले समाजसेवा र साहित्यमा पनि योगदान दिनुभएको छ । उहाँले ४० को दशकमा नेपालमा लोकप्रिय स्थापित साहित्यिक पत्रिका गरीमा त्रैमासिक पत्रिकाको प्रकाशक सम्पादक भएर काम गर्नुभएको छ जुन पत्राक आजपनि उत्तिकै स्थापित रहेको छ । उहाँ यहि साहित्य र पत्रकारिताको लगाबकै कारण नेपाको स्थापित साहित्यकार पारिजात को योगदानलाई जीबनत राख्न र समाजमा साहित्यको प्रभाब बिस्तार गर्न स्थापित संस्था पारिजात स्मृति प्रतिष्ठानको महासचिव भएर भुमिका निर्बाह गर्नुभएको छ, उहाँको सामाजिक जीबन र समाजसेबा पनि उत्तिकै लगाव रहेको छ ।

त्यसैको उनी फलस्वरुप रोटरी क्लब धुलिखेलको अध्यक्ष (२००७-२००८) भएर सामज सेवाको काम गरेका उहाँ आज पनि उत्तिकै सेवाभावका साथ सक्रिय रहनुभएको छ, उहाँ सामाजिक र आर्थिक जीबनमा मात्र सितित ब्यतिव्व नभएर शिक्षप्मी पनि हुन उहाँको शिक्षा प्रतिको लगाब त्ततिकै रहेको छ ।

उहाँ स्थानिय देखि राष्ट्रिय स्तरमा शिक्षामा चासो राख्नुहुन्छ उहाँलाई शिक्षाप्रेमी भनेरपनि चिनिन्छ उहाँले शिक्षा क्षेतर्मापनि योगदान गर्नुभएको छ । उहाँले काभ्रको धुलिखेलमा रेको संजीवनी क्याम्पसको अध्यक्ष भएर आप्नो सफल कार्यकार पुरा गर्नुभएको छ उहाँको शिक्षा प्राप्तिको लगान आजपनि उत्तिकै रहेको छ । उहाँलाइ समाजमा हुने जुनसुकै संघसंस्थाको नेतृत्व लिइदिन अनुरोध गर्छन । उहाँ बिगत लामो समय २०५९ सालदेखि जेष्ठ नागरिक सेवा केन्द्र (बृद्राश्रम) को नेतृत्व आजपनि गरिरहनुभएको छ । शिक्षा र समाजप्रति उहाँ अत्यन्तै संवेदनशील र समर्पित हुनुहुन्छ।