काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

इरानी उर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगित : राष्ट्रपति ट्रम्प

1.2K
shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  तेहरानसँग उपलब्धी मुलक वार्ता गरे पछि इरानी उर्जा पुर्वाधार विरुद्धको आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताउनुभएको छ ।  यद्यपि इरानले  भने वार्ता भएको कुरा अस्वीकार गरेको छ ।

यदि इरानले ४८ घण्टा भित्र हर्मुजको जलक्षेत्र पूर्ण रूपमा नखोलेमा  सम्पुर्ण इरानी पुर्वाधारहरु नष्ट गर्ने ट्रम्पको धम्की पछि आक्रमण स्थिगितको सुचना आएको जनाइएको छ ।

इरानले शान्ति वार्ताको दावीलाई अस्वीकार गर्दै द्वन्द्वरत स्थिति कायम रहेको जनाएको छ । इरानी संसदका प्रमुख मोहम्मद बाघेर घालीबाफले तेहरान वासिङ्टनसँग वार्ताका लागि अझै तयार नभएको सुझाव दिनुभएको छ ।

इरानी जनताले आक्रमणकारीहरूलाई सजायको माग गरेको गालिबफले ट्रम्पको टिप्पणीको जवाफमा उल्लेख गर्नु भएको छ । संयुक्त राज्य अमेरिकासँग कुनै वार्ता नभएको पुष्टि गर्दै उहाँले ट्रम्पको पछिल्लो प्रयास वित्तीय र तेल बजारलाई सहजीकरण गरी स्थिती सहज बनाउने बाहानावाजी भएको बताउनु भएको छ ।

इरानको फार्स समाचार एजेन्सीले ट्रम्पसँग सम्पर्क नभएको बताएको छ, भने विदेश मन्त्रालयले ट्रम्पको टिप्पणी सैन्य योजनाका लागि ऊर्जाको मूल्य घटाउने र वजार सन्तुलन गर्ने प्रयास भएको जनाएको छ ।