काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

वैदेशिक व्यापार : १४ खर्बको कारोबार हुँदा करिब ११ खर्ब बाहिरियो

1.23K
shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकसम्म नेपालले करिब ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ।

भन्सार विभागका अनुसार फागुन मसान्तसम्म कुल १४ खर्ब ४० अर्बभन्दा बढीको वैदेशिक व्यापार हुँदा १० खर्ब ९८ अर्बभन्दा बढी घाटा भएको हो। यस अवधिमा १२ खर्ब ८९ अर्बको आयात र करिब १ खर्ब ९१ अर्बको निर्यात भएको छ।

गत वर्षको तुलनामा आयात १२.५४ प्रतिशत र निर्यात २९.८३ प्रतिशतले बढे पनि व्यापार घाटा उच्च नै रहेको छ। भारतसँग मात्र ५ खर्ब ६७ अर्बभन्दा बढी घाटा देखिएको छ भने चीनसँग पनि ठूलो असन्तुलन कायम छ।

पेट्रोलियम पदार्थ आयात शीर्ष स्थानमा रहँदा डिजेल, पेट्रोल र एलपी ग्यासमा ठूलो रकम बाहिरिएको छ। यस्तै, कच्चा भटमास तेल, स्मार्टफोन, फलामजन्य सामग्री र बहुमूल्य धातुहरू पनि उच्च आयात सूचीमा छन्।

निर्याततर्फ भटमास तेल अग्रस्थानमा रहेको छ भने अलैँची, कार्पेट, सूर्यमुखी तेल र पाम तेल प्रमुख वस्तुका रूपमा रहेका छन्।