नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

होर्मुज जलमार्गमा युद्ध : ट्रम्पको ४८ घण्टे अल्टिमेटम र इरानको कडा प्रतिवाद

602
shares

एजेन्सी । एजेन्सी । मध्यपूर्वमा इरान र संयुक्त राज्य अमेरिका बीच सैन्य तनाव तीव्र बन्दै गएको छ  । अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला नगरे ४८ घण्टाभित्र अमेरिकी ऊर्जा पूर्वाधार नष्ट गर्ने चेतावनी दिनुभएको थियो ।

इरानले यसको जवाफस्वरूप अमेरिकासँग सम्बन्धित ऊर्जा, सूचना प्रविधि र डिसेलिनेसन पूर्वाधारलाई निशाना बनाउने प्रतिवाद गरेको छ । यसैबीच इरानले इजरायल को अराद र डिमोना सहरमा क्षेप्यास्त्र प्रहार गरेको छ, जसमा १०० भन्दा बढी घाइते भएका छन् । इजरायलले तेहरानमा हवाई आक्रमण जारी राखेको छ ।

तनावको केन्द्र होर्मुज जलडमरूमध्य विश्वका लागि अत्यन्त महत्वपूर्ण तेल मार्ग होस यहाँबाट विश्वको करिब पाँचौं भाग कच्चा तेल ओसारपसार हुन्छ । हालको संकटले अन्तर्राष्ट्रिय तेल मूल्य १०५ डलरभन्दा माथि पुगेको छ ।

अमेरिकासहित २२ राष्ट्रले इरानद्वारा जलमार्ग अवरुद्ध भएको भन्दै विरोध जनाएका छन् । अमेरिकी सेनाले इरानका तटीय भूमिगत संरचनामा बंकर-बस्टिङ बम प्रयोग गरेको छ भने हजारौँ सैनिक मध्यपूर्वतर्फ परिचालन भइरहेका छन् ।

रमजानको अन्त्य र नौरोज पर्वको समयमा यो द्वन्द्व नागरिक जीवनमा त्रास र अस्थिरता थप्ने संकेत बनेको छ ।

इरान-अमेरिका-इजरायल बीच सैन्य टकराव बढ्दैछ, होर्मुज जलडमरूमध्य विश्व तेल आपूर्तिमा संकट निम्त्याएको छ । अन्तर्राष्ट्रिय सुरक्षा तथा आर्थिक अस्थिरतामा खतरा बढिरहेको छ ।