नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

नेप्सेमा ५४.५१ अंकको उत्साहजनक वृद्धि, २३ अर्ब ५९ करोडमाथिको कारोबार

448
shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५४.५१ अंक अर्थात् १.८९ प्रतिशतले बढेर दुई हजार ९३१.५५ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न ३६४ कम्पनीका ६ करोड १४ लाख सात हजार ७४ कित्ता सेयर दुई लाख चार हजार ९५५ पटक खरिदबिक्री हुँदा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा व्यापार समूह ०.११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूह ४.२१ प्रतिशतले बढेको छ । बैंकिङ २.४९, विकास बैंक २.४६, वित्त २.१३, होटल तथा पर्यटन ३.०५ र जलविद्युत समूह ०.५५ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी ०.७७, जीवन बिमा दुई, उत्पादन तथा प्रशोधन १.९३, म्युचुअल फन्ड १.२४ र निर्जीवन बिमा समूह २.७२ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार ६ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सलपा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सबैभन्दा धेरै गुमाउनेमा भने एनआईसी एसिया ब्यालेन्स फन्डको शेयर मूल्य ५.७१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ८५ करोड ९६ लाख १५ हजार ६८३ बराबरको ३५ लाख ४६ हजार ८५३ कित्ता सेयर खरिदबिक्री भएको छ ।